आर्थिक

गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने

By खबरहब

May 28, 2024

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन् । 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले औषधि प्रयोजनका लागि गाजाको व्यावसायिक उत्पादनको कानुनी व्यवस्था गर्ने घोषणा गरेका हुन् । 

अघिल्लो बजेटमा पनि यस्तै घोषणा गरिएको भएपनि यस बारे कुनै पहल या कार्यान्वयन भने हुन सकेन ।