आर्थिक

कृषिमा लगानी दशकको घोषणा

By खबरहब

May 28, 2024

काठमाडौं–  अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गरेका छन् । 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गरेका हुन् ।

उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन् ।

कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।