आर्थिक

सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक 

By खबरहब

May 28, 2024

काठमाडौं– सरकारी कार्यालयहरूमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

अबदेखि सरकारी कार्यालयहरूमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।