समाचार

अल्लोबाट बनेको छ अर्थमन्त्रीले बोकेको बजेट पुस्तिकाको ‘ब्रिफकेस’

By खबरहब

May 28, 2024

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट पुस्तिका बोक्न स्थानीय उत्पादनबाट बनेको ब्रिफकेस प्रयोग गरेका छन् ।

यसअघिका बजेट प्रस्तुतिका बोक्ने क्रममा छालाबाट बनेको बलियो ब्रिफकेस प्रयोग गरिने गरिएको थियो ।

तर स्थानीय उत्पादनलाई प्राथमिकता दिने सरकारको  नीतिअनुसार मन्त्री पुनले बजेट पुस्तिका बोक्न अल्लोबाट बनेको ब्रिफकेस प्रयोग गरेका उनका प्रेस सल्लाहकार दयानीधि भट्टले जानकारी दिए ।

पहिले रातो या कालो ब्रिफकेस प्रयोग हुने गरेको थियो । तर पुनले यस पटक अल्लोबाट बनेको सेतो रंगको ब्रिफकेस उपयोग गरेका हुन् ।

नेपालमा बजेटको चलन आएदेखि पश्चिमी शैलीको ‘बजेट ब्रिफकेस’ बोक्ने गरिएको थियो । तर त्यो परम्परा तोड्दै पुनले स्वदेशी सीप र स्थानीय स्रोतसाधनले बनेको अल्लो अल्लोबाट बनेको झोलालाई ब्रिफकेसका रुपमा प्रयोग गरेका हुन् ।