आर्थिक

एक हजार कक्षाकोठा निर्माणको लागि २ अर्ब ५० करोड विनियोजन 

By खबरहब

May 28, 2024

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा विद्याको एक हजार कोठा निर्माणको लागि २ अर्ब ५० करोड अर्थमन्त्री वर्षमान पुनले बजेट विनियोजन गरेका छन् । 

अपाङ्गमैत्री, सुरक्षित एक हजार कोठाको लागि उक्त बजेट विनियोजन भएको मन्त्रीले बताएका छन् । 

निर्वतमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको चालु आवको बजेटमा  विद्यालय भवनको भूकम्पपछिको पुनर्निर्माणका बाँकी कार्य आगामी वर्ष सम्पन्न गरिने बताएका थिए । 

भूकम्पबाट प्रभावित ३१ जिल्लाका ७ हजार ५३७ विद्यालयको पुनर्निमाण कार्य सम्पन्न भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षणले देखाएको छ । ४० विद्यालयको पुनर्निमाण भने निर्माणाधीन अवस्थामा रहेको सर्वेक्षणले जनाएको छ । 

महतले महेन्द्र रत्न क्याम्पस लगायत भूकम्पबाट क्षतिग्रस्त ३८ वटा क्याम्पसहरूको पुनर्निर्माण प्रक्रिया अगाडि बढाइने समेत बजेटमा योजना ल्याएका थिए । उक्त योजनामा के भएको छ त्यो भने सर्वेक्षणले खुलाएको छैन ।