आर्थिक

मानसिक अस्पताल पाटनको क्षमता विस्तार गरिने

By खबरहब

May 28, 2024

काठमाडौं-आत्महत्या तथा मानसिक समस्याको न्यूनिकरणका लागि सरकारले मानसिक अस्पताल पाटनको क्षमता विस्तार गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै मानसिक स्वास्थ्य सेवा लिनका लागि घुँइचो लाग्ने गरेकाले अस्पतालको क्षमता बढाइने बताएका हुन् ।

त्यस्तै अर्थमन्त्री पुनले वीर अस्पतालमा आधुनिक जलन कक्षको स्थापना गरिने तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिने समेत जानकारी दिए ।

साथै बीपी कोइराला क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा तथा गजेन्द्रनाराण सिंह अस्पतालको सेवा विस्तार गरिने मन्त्री पुनले बताए ।