आर्थिक

शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन

By खबरहब

May 28, 2024

काठमाडौं– सरकारले शान्ति कोष स्थापना गर्न आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

सरकारले द्वन्द्वपीडितको परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनर्स्थापनाका लागि शान्ति कोष स्थापना गर्न उक्त रकम विनियोजन गरेको हो । 

संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरिने बताए । 

‘द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनर्स्थापनाका लागि शान्ति कोष स्थापना गर्न १ अर्ब विनियोजन गरेको छु,’ उनले भने । 

मन्त्री पुनले सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा अन्य आन्दोलनमा घाइते र अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिदै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिइएको पनि बताए ।