राजनीति

सहकारी ठगी प्रकरण : छानबिन संसदीय समितिको संयोजक सूर्य थापा

By खबरहब

May 28, 2024

काठमाडौं- सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्रीको संसदीय छानबिन समिति गठन भएको छ ।

थापा संयोजक रहेको उक्त समितिमा विभिन्न दलका सातजना सदस्य रहेका छन् । थापाले समितिको संयोजक आफूलाई तोकिएको जानकारी खबरहबलाई दिए ।

उक्त समितिको नाम ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ राखिएको छ

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य छन् ।