समाचार

राजेन्द्रको प्रश्न- सीता दाहाल कलेज र प्रधानमन्त्री छोरी कार्यक्रम कस्तो हो ?

By खबरहब

May 28, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको बजेटले आशा नजगाएको बताए । 

उनले  बजेटमा समावेश भएको सीता दाहाल कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम कस्तो हो भन्दै सरकारलाई प्रश्न समेत गरे । 

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले बजेटमा अन्य केही नयाँ नभएको टिप्पणी गरे । 

उनले भने, ‘अनुमान, अनुदान र ऋणमा बजेट आधारित भयो, आशा जगाउने कुरा केही छैन । बजेटमा नयाँ भनेको सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम आएका छन् । यो कस्तो कार्यक्रम हो ।’ ?