आर्थिक

अध्यक्ष चन्द्र ढकालको प्रतिक्रिया : आर्थिक विकासका लागि बजेट सकारात्मक

By खबरहब

May 28, 2024

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेट मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले निजी क्षेत्रसँग सहकार्य गर्ने बिषयलाई बजेटले सम्बोधन गरेको बताए ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले आगामी आर्थिक वर्षको बजेट समग्र रुपमा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । कृषिका क्षेत्रमा पनि धेरै राम्रा कुरा समेटिएको उनले बताएका छन् ।