आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानको यात्रा सेमिफाइनलमा सकियो। सेमिफाइनलमा सकिएको अफगान यात्रासँगै एउटा प्रश्न तेर्सिएको छ।
सन् १९९० को अन्तिम समयको जिम्बाबे, सन् २००० को दशकको सुरुवातको केन्या र सन् २०१० को दशकको सुरुवातको आयरल्यान्डको एउटा स्तर र लय थियो। पछि त्यो कायम हुन सकेन। अफगानिस्तानको हकमा त्यही हुन्छ या फरक केही हुन्छ भन्ने पनि हो।
सन् १९८० को दशकमै राजनीतिक रूपले स्वतन्त्र भएपछि जिम्बाबेलाई बाँकी संसारले स्वीकार गरेको थियो। २१ जुलाई १९८१ मा जिम्बाबे आइसिसीबाट सदस्यता पाउन सफल भएको थियो। त्यसको दुई वर्षपछि नै भएको तेस्रो विश्वकप क्रिकेटमा जिम्बाबेले सहभागिताको अवसर पाएको थियो।
पहिलो विश्वकप सहभागिता नै जिम्बाबेले अस्ट्रेलियालाई हराएर संसारलाई नै आश्चर्यमा पारेको थियो। एन्डी पेयक्रट र डेभ हगडन सो समयका स्टार ब्याट्सम्यान थिए। पिटर रसन बलर थिए। उनीहरूको उत्कृष्ट खेलमा अघि बढी रहेको जिम्बाबेले सन् १९९० को दशमा नयाँ सफलता पाएको थियो।
एन्डी पेयक्रट र डेभ हगडन सो समयका स्टार ब्याट्सम्यान थिए। पिटर रसन बलर थिए। उनीहरूको उत्कृष्ट खेलमा अघि बढी रहेको जिम्बाबेले सन् १९९० को दशमा नयाँ सफलता पाएको थियो।
जिम्बाबेले सोही समयमा टेस्ट मान्यताका लागि अन्तर्राष्ट्रिय लबिङ गरेको थियो। यसैको फल स्वरूप जिम्बाबेले सन् १९९२ मा टेस्ट मान्यता पाएको हो। १८ अक्टोबर १९९२ का दिन भारतीय टोली हरारेमा गएर टेस्ट खेलेको थियो।
पहिलो टेस्टमा नै जिम्बाबेले सिङ्गो संसारलाई चकित तुल्यायो। भारतविरुद्ध ४५६ रनको योगफल खडा गरेको थियो। तथापि त्यो खेल बराबरीमा सकियो। सन् १९९४-९५ को सिजनमा पहिलो पटक हरारेमा नै पाकिस्तानले पहिलो हार सहेको थियो। त्यो नै जिम्बाबेको पहिलो टेस्ट जित थियो।
यही जिम्बाबेका लागि अर्को कोशेढुंगा सन् १९९८-९९ मा देखिएको थियो। पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा जिम्बाबे फाइनल प्रवेश गर्न सफल भयो। सारजाहमा भएको खेलमा तत्कालीन विश्व विजेता श्रीलङ्का र भारतलाई पहिलो चरणमा हराएर जिम्बाबे फाइनल प्रवेश गरेको थियो। फाइनलमा सचिन तेन्दुलकरको शतकमा जिम्बाबेलाई नै भारतले हराएर उपाधि जितेको थियो।
डेभ हाउगटनको नेतृत्वमा दक्षिण अफ्रिका लगातार अघि बढी रहेको थियो। एडो ब्रान्डेस सही अवस्थामा थिए। फ्लावर दाजु भाइ एन्डी र ग्रान्ट संसारमा उदाइ रहेका थिए। मिडियम फास्ट बलर हिथ स्ट्रिक कुनै समय संसारको चौथो वरीयतामा थिए। यसैको उपज थियो जिम्बाबे विश्वकपको सुपर सिक्समा समेत प्रवेश गरेको थियो।
सन् २००४ को अप्रिलमा कप्तान हिथ स्ट्रिकले कप्तान पदबाट राजीनामा दिएका थिए। सन् २००४ मै जिम्बाबेलाई पहिलो पटक एक वर्ष टेस्ट मान्यताबाट प्रतिबन्ध लागेको थियो।
त्यो स्तरीय जिम्बाबे देशको राजनीतिक अस्थिरताको सिकार हुँदै आएको थियो। त्यहाँको क्रिकेट सङ्घमा धेरै परिवर्तन भए। सन् २००३ को विश्वकपको सहआयोजक मध्य जिम्बाबे पनि एक थियो। तर जिम्बाबेको त्यो सफलताको यात्राको एउटा सहयात्री इङ्गल्यान्डले त्यहाँ गएर खेल्न अस्वीकार गरेको थियो। रङ्गभेद भएको भन्दै एन्डी फ्लावर र हेन्री ओलोंगाले कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए। त्यसपछि उनीहरूलाई देश निकाला गरियो ।
सन् २००४ को अप्रिलमा कप्तान हिथ स्ट्रिकले कप्तान पदबाट राजीनामा दिएका थिए। सन् २००४ मै जिम्बाबेलाई पहिलो पटक एक वर्ष टेस्ट मान्यताबाट प्रतिबन्ध लागेको थियो।त्यसपछि ओरालो लागेको जिम्बाबे अहिले सबै प्रतियोगिताबाट छनोट हुन असफल भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता बाहिर छ।
अहिले सिकन्दर राजाको नेतृत्वमा टोलीले आफूलाई अघि बढाउने प्रयास गरिरहेको छ। तर यो वर्षको टी-२० विश्वकपमा पनि नामिबिया र युगान्डाबाट पराजित भएपछि जिम्बाबे छनोट हुन सकेन।
सन् १९९० को दशकको अन्तिम समय तथा सन् २००० को दशकको सुरुवाती समयको जस्तो जिम्बाबे सायदै देखिन्छ।
सन् १९९४ मा भएको आइसिसी ट्रफीमा उपविजेता भएर केन्या युएई र नेदरल्यान्ड्सँगै विश्वकपमा सहभागिताको अवसर पाएको थियो।
केन्या पनि सन् २००३ को विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको थियो। सन् १९९४ मा भएको आइसिसी ट्रफीमा उपविजेता भएर केन्या युएई र नेदरल्यान्ड्सँगै विश्वकपमा सहभागिताको अवसर पाएको थियो।
सन् १९९७ मा केन्याले एक दिवसीय मान्यता पाएको थियो। सन् २००३ मा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको केन्याले अर्को वर्ष नै ओरालो यात्राको सामना गरेको थियो। माउरिस ओड्म्बेमाथि म्याच फिक्सीङको आरोप लागेको थियो। यसैगरी, केन्याका स्टार क्रिकेटर स्टिभ टिकोलोले क्रिकेट सङ्घमा अनियमितता भएको भन्दै विद्रोह सुरु गरे।
सन् २०११ मा केन्याले एक दिवसीय मान्यता गुमाएको थियो। केन्याको ओरालो यात्रा त्यस पछि पनि रोकिएन। केन्याका लागि विश्वकपमा छनोट हुन समेत आश्चर्यको विषय हुन थाली सकेको छ। अहिले अफगानिस्तानको यो उदय पनि जिम्बाबे र केन्याको क्रिकेटलाई सम्झाएको छ।
विश्वकपको फाइनल खेल बाँकी रहँदासम्म सबै भन्दा धेरै विकेट लिने र सबै भन्दा धेरै रन जोड्ने दुवै खेलाडी अफगानिस्तान छन्। अफगानिस्तानको सेमिफाइनल यात्रा आफ्नै पौरखले हो।
अफगानिस्तानको यो यात्रा विश्वकपका लागि उदाहरणीय नै हो। परन्तु केही कुरा मिल्दा छन्। जिम्बाबे जस्तै अफगानिस्तान स्थिर लोकतान्त्रिक देश होइन। त्यहाँको सत्तालाई अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्न कठिन छ। त्यहाँ पनि कुनै पनि समय नागरिक विद्रोहको सम्भावना त्यत्तिकै छ।
विश्वकपको फाइनल खेल बाँकी रहँदासम्म सबै भन्दा धेरै विकेट लिने र सबै भन्दा धेरै रन जोड्ने दुवै खेलाडी अफगानिस्तान छन्। अफगानिस्तानको सेमिफाइनल यात्रा आफ्नै पौरखले हो। वर्षाले खेल रोकिएर बाँडिएको अङ्क तथा अन्यले बहिस्कार गरेर पाएको अङ्क त्यसमा समावेश छैन। प्रतियोगिताको दौरान अफगानिस्तानले न्युजिल्यान्ड, बङ्गलादेश र अस्ट्रेलिया ३ ठुला शक्तिलाई हराएको थियो। तथापि कठोर तालीवान सत्ता, ओरालो लागेको अर्थतन्त्र र अन्तर्राष्ट्रिय क्षेत्रसँगको कटु सम्बन्धले अफगानिस्तानको क्रिकेटलाई विगतको जिम्बाबेलाई सम्झाउने खालकै छ। स्रोत : क्रिक इन्फो, थियोरर डटकम