समाचार

ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

By खबरहब

June 28, 2024

काठमाडौं – गुल्मीमा ट्रयाक्टर दुर्घटना  हुँदा एक बालकको मृत्यु भएको छ।

दुर्घटनामा सवार मालिका गाउँपालिका-२ दर्लिका टिकाराम विकका छोरा ६ वर्षीय शिव विकको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए।

बिहीबार साँझ छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुंगा–४ रायढुंगा स्थित तम्घास-सिमलटारी पक्की सडक खण्डमा दुर्घटनामा परेको हो।

घाइतेहरूलाई जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचारपछि पाल्पा लगिएको डीएसपी पोखरेलले जानकारी दिए।