काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साह आउन सकेन । आगामी आर्थिक वर्षको मौद्रिक नीति पछि नेप्से सुधार हुने आस गरेका लगानीकर्ताले अहिले मौद्रिक नीति पर्खिरहेको देखिन्छ ।
आगामी मौद्रिक नीति कस्तो हुन्छ त्यसले नेप्सेको भविष्यलाई निर्धारण गर्ने लगानीकर्ताहरू बताउँदै आएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति लचिलो नआउने सार्वजनिक फोरममा बताएपछि पनि लगानीकर्ता झन् निराश भएका छन् ।
गभर्नर अधिकारीको भनाइले समेत नेप्सेलाई असर गरेको लगानीकर्ताको भनाई छ । अधिकारीले भनेको जस्तै मौद्रिक नीतिमा पनि नेप्सेलाई असर गर्ने खालको नीति आएमा शेयर बजार अझ घट्न सक्ने बजारका जानकार बताउने गरेका छन् ।
मौद्रिक नीति आउन एक महिना बाँकी भए पनि केही लगानीकर्ताले भने मौद्रिक नीति लक्षित लगानी गरेको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखर बताउँछिन् । गभर्नरले मौद्रिक नीतिको विषयमा अभिव्यक्ति दिएकाले पनि बजार भने घटेको हुन सक्ने राधाको भनाई छ ।
असार मसान्त चालु आर्थिक वर्षको अन्त्य भएकाले कर दिने देखि हिसाब किताब क्लोज गर्ने दबाब पर्ने भएकाले पनि बजार घटेको शेयर लगानीकर्ता राजन लम्साल बताउँछन् । असार मसान्तमा सबैलाई पुँजी आवश्यक पर्ने भएकाले भएको शेयर बेचेर करहरू तिर्ने गरेकाले पनि बजार घटेको लम्सालको भनाई छ ।
‘अहिले बैंकले पनि नयाँ ऋण जारी गर्ने भन्दा रिकभरिमा लागेको छ’, लम्सालले भने, ‘यो महिना शेयर बजार यस्तै उस्तै हुन्छ, अर्को महिनाबाट बजार सुधार गर्छ ।’
यो सता ५ दिन कारोबार हुँदा नेप्से १६.३९ अंकले घट्दा औसतमा दैनिक ३.३७८ अंकले नेप्से घट्यो । गत साताको बिहीबार २०६८.३१ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आउँदा १६ अंकले घटेर २०५१.९२ विन्दुमा आयो । लामो समय देखि नेप्सेले २१०० को विन्दुलाई पार गर्न सकेको छैन ।
यो साता कारोबारको हिसाबले नेप्से राम्रो देखियो । मौद्रिक नीति लक्षित शेयर बुक गरेको बजारका जानकारहरू बताएका छन् । यो साता २१ अर्ब १७ करोड ९ लाख २ हजार रुपैयाँको कारोबार भएकोमा औसत दैनिक ४ अर्ब २३ करोड ४१ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ । पुरा सातामा ४ करोड ३८ लाख १९ हजार १०८ कित्ता कारोबार भएकोमा औसत दैनिक ८७ लाख ६३ हजार ८२१ कित्ता शेयर कारोबार भयो । ५ दिनमा २ लाख ९१ हजार ४४४ पटक शेयर किनबेच भएकोमा दैनिक औसत ५८ हजार २६९ पटक शेयर किनबेच भयो ।
आइतबार
साताको पहिलो अर्थात् आइतबार नेप्से राताम्य भएको छ । फाइनान्समा उत्साह आउँदा अन्य समूहमा भने निराशा देखिएको छ ।
आइतबार नेप्से ५.३७ अंकले घट्दा नेप्से परिसूचक २०६२.९४ विन्दु कायम भएको छ । आइतबार ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर ६१ हजार ५१३ पटक किनबेच भएको छ ।
फाइनान्स समूह १२८.५३ अंकले बढ्दा ७८ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । मूल्य बढेका कम्पनीहरूमा सकारात्मक सर्किट हान्नेमा पनि अधिकांश फाइनान्स र लघुवित्त रहेका छन् ।
आइतबार सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको शेयर मूल्य घट्दा लघुवित्त र म्युचल फण्डको मूल्य बढी घटेको छ । आइतबार होटल एण्ड टुरिजम समूह ५८.७४ अंकले घट्दा आज कारोबार भएका ३१७ वटा कम्पनीमध्ये १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
सोमबार
सोमबार नेप्से झिनो अंकले बढ्दा कारोबारमा भने उछाल आएको छ । नेप्से ३.२१ अंकले बढ्दा कारोबार भने ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरको भएको छ ।
नेप्से झिनो अंकले बढ्दा विकास बैंक समूहमा उत्साह देखिएको छ । विगत केही दिन यता वित्त समूहमा झुमिएका लगानीकर्ता आज विकास बैंक समूहमा बढी लगानी गरेको देखिएको छ ।
सोमबार नेप्से ०.१५ प्रतिशतले बढेर २०६६.१६ विन्दुमा पुग्दा विकास बैंक समूह ६३ अंकले बढेको छ । लघुवित्तमा पनि आज लगानीकर्ताको आकर्षण देखिएको छ । लघुवित्त समूह आज ६१.७६ अंकले बढेको छ । सोमबार बढ्ने समूहमध्ये तेस्रो स्थानमा मात्र फाइनान्स समूह परेको छ । आज फाइनान्स ५२.३२ अंकले बढेको छ ।
सोमबार १ करोड ७ लाख ७ हजार ८७८ कित्ता कारोबार हुँदा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
मंगलबार
मंगलबार नेप्से ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । मंगलबार होटल एण्ड टुरिजम क्षेत्रमा आकर्षण देखिएको छ । मंगलबार टुरिजम क्षेत्र ५८.८१ अंकले बढेको छ ।
केही समय देखि बढ्दो ट्रेनमा हरेको फाइनान्स समूह भने मंगलबार सबैभन्दा बढी घटेको छ । मंगलबार एकै दिन फाइनान्स समूह ५४.२२ अंकले घटेको छ ।
मंगलबार ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ । मंगलबार ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर कारोबार हुँदा सबैभन्दा कम अन्य समूहको घटेको छ ।
मंगलबार ३१९ वटा कम्पनीको शेयर कारोबार हुँदा १५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य भने घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
बुधबार बुधबार नेप्से ११.६० अंकले घटेको थियो । नेप्से ०.५६ अंकले घट्दा परिसूचक २०६०.१६ विन्दु कायम भएको थियो । बुधबार ४ अर्ब २ करोड २० लाख ३२ हजार रुपैयाँ बराबरको ८१ लाख २६ हजार ८२९ कित्ता शेयर ५४ हजार ३१२ पटक किनबेच भएको थियो ।
बुधबार ४७ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको थियो । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।
बिहीबार
बिहीबार गिरावट आउँदा लगानीकर्ता सुरक्षिर मानिएको लगानी तर्फ लागेका छन् । साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्दा अधिकांश लगानीकर्ता भने रिणपत्र(डिबेन्चर)मा लगानी गर्ने थालेका छन् ।
बिहीबार बढी अंकले बढ्नेमा सबैभन्दा धेरै डिबेन्चरको शेयर रहेको छ । नेप्से घट्दा फाइनान्स बढ्ने गरेकोमा आज भने नेपाल फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किक लागेको छ ।
बिहीबार ४७ वटा कम्पनीको शेयर मूल्य बढ्दा वाणिज्य बैंक, म्युचल फण्ड र अन्य समूहको शेयर मूल्य पनि बढेको छ । आज वाणिज्य बैंक ०.०९ अंकले, म्युचअल फण्ड ०.०१ अंकले र अन्य समूह १५.१० अंकले बढेको छ ।
बिहीबार १८८ वटा कम्पनीको शेयर मूल्य घट्दा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूह बढी घटेको छ । बिहीबार लाइफ यन्स्योरेन्स समूह ९९.०१ अंकले घटेको छ ।
बिहीबार नेप्से परिसूचक २०५१.९२ अंकमा पुग्दा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच भएको छ ।
बिहीबार शेयर मूल्य बढेको १० मध्ये ८ वटा डिभेन्चर रहेका छन् भने घट्नेमा हाइड्रो, म्युचअल फण्ड, फाइनान्स र लघुवित्त रहेका छन् । बिहीबार १० प्रतिशतले घटेको नेपाल फाइनान्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेपाल फायनान्सको २२ करोड ७६ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी शेयर कित्ता हिमालयन पुनरबीमा कम्पनीको भएको छ । हिमालयको आज एकै दिन ४ लाख २ हजार ४९९ कित्ता शेयर कारोबार भएको छ ।
बिहीबार ३३३ वटा कम्पनीको शेयर कारोबार हुँदा ५० हजार २८१ पटक शेयर किनबेच भएको छ ।