समाचार

२७ जना महिलाले गन्जला–चुलीको आरोहण गर्ने 

By खबरहब

June 28, 2024

काठमाडौं– २७ जना महिलाको समूहले सिन्धुपाल्चोकको थाङपालमा रहेको गन्जला–चुलीको आरोहण गर्ने भएका छन् ।

५ हजार ८ सय ६३ मिटर उचाइमा रहेको गन्जला–चुली (कांगा) को आरोहण गर्न सो महिलाको समूह शनिबार काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ जान लागेका हुन् ।

विश्व समावेशी साहसी संस्थामार्फत गन्जला–चुलीको आरोहण गर्न लागेका टोलीलाई शुक्रबार काठमाडौंमा बिदाइ गरिएको थियो ।

काठमाडौं नजिक रहेको उक्त गन्जला–चुलीलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउनका लागि विभिन्न गतिविधि गर्दै आएको संस्थाले जनाएको छ ।