समाचार

उपचारपछि स्वदेश फर्किए प्रकाशमान सिंह

By खबरहब

June 28, 2024

काठमाडौं– नेपाली कांग्रेस नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । उनी भारतको नयाँ दिल्लीबाट शुक्रबार दिउँसो काठमाडौं फर्किएका हुन् ।

वीर अस्पताल तथा अन्य अस्पतालका समेत विशेषज्ञ डाक्टरहरूले उपचारका लागि सुझाएपछि उनी करिब एक महिना अघि प्रोस्टेटको उपचार गर्न नयाँ दिल्ली गएका थिए ।

सुरुमा उनले वीर अस्पतालमा स्वास्थ्य परीक्षण तथा चिकित्सकसँग परामर्श गरेका थिए । त्यसपछि उनले ललितपुरस्थित मेडिसिटी अस्पतालमा पनि चेकजाँच र परीक्षण गराएका थिए ।

तर, यी दुवै अस्पतालमा समस्या पहिचान हुन नसकेपछि नेता सिंह चिकित्सककै सल्लाहमा दिल्ली गएका हुन् ।

‘भर्खरै स्वास्थ्य लाभ गरी काठमाडौं आइपुग्नु भएको छ । केही दिनको आरामपछि नियमित काममा सक्रिय हुनुहुन्छ,’ सिंहका स्वकीय सचिव युपी लामिछानेले भने ।