अपराध

सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद

By खबरहब

June 28, 2024

रौतहट– सर्लाही स्थित प्रहरीले बिलबिजक नभएको ७४ लाख बढीको चाइनिज लाइटर बरामद गरेको छ। सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा बागमती नगरपालिका  १२ स्थित पूर्व पश्चिम राजमार्गमा वीरगन्जबाट जनकपुर तर्फ गइरहेको प्र.२–०१–००१ ख ०१५३ नम्बरको ट्रकमा गए राती चेकजाँच गर्दा मेड इन चाइना लेखिएको ६५० कार्टुन ग्याँस लाइटर बरामद गरेको हो।

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दीपक श्रेष्ठका अनुसार बरामद गरिएको उक्त लाइटरको बजार मूल्य ७४ लाख २४ १०० रुपैयाँ रहेको छ ।

लाइटरको प्रज्ञापन पत्र नभएको र सक्कल विल भर्पाई समेत नरहेकाले शङ्कास्पद देखिँदा लाइटर सहित ट्रक आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।