शिक्षा

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

By खबरहब

June 28, 2024

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा. कुन्दन अर्याल नियुक्त भएका छन् ।

त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो ।

पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय अर्यालले विभागको प्रमुख पदको आज नियुक्ति पत्र लिएको जानकारी दिए ।