देश/प्रदेश

पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता

By खबरहब

June 28, 2024

काठमाडौं – पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका छन् ।

नेता सिंह उपचारका क्रममा करिब एक महिना अघि भारत गएका थिए । नेता सिंहले स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

नेता सिंह केही दिन आराम गरेपछि नियमित काममा सक्रिय हुने उनको निजी सचिवालयले जनाएको छ ।