समाचार

सवारी दुर्घटना : पर्सामा एकवर्षमा ५१ जनाको मृत्यु

By खबरहब

July 28, 2024

पर्सा– आर्थिक वर्ष २०८०-८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०–८१ मा एकतिहाइले बढेको बताए ।

आव २०७९–८० मा भने २९ पुरुष, पाँच–पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बए ।

आव २०८०–८१ मा सात सय ९६ र आव २०७९८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए ।