फाइल तस्बिर

देश/प्रदेश

गोरखाको धार्चेमा पहिरो, पाँचजना बेपत्ता, दुईको उद्धार

By खबरहब

July 28, 2024

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका– ५ रिसामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्। घटनामा २ जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आज बिहान करिब तीन बजेतिर पहिरो जाँदा एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा जीत बहादुर गुरुङ, कान्छी गुरुङ, सुलाल गुरुङ, रमेश गुरुङ र ट्रयाक्टर चालक रमेश परियार छन् । ८ जनाले भने भागेर ज्यान जोगाएका थिए ।

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका छन् ।

बेपत्ताहरूको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।