काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन १ लाख ४५ हजार ७०० र तेजाबी सुन १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७०० र तेजाबी सुन १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।