फाइल तस्वीर

समाचार

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक भोलि बस्ने

By खबरहब

July 28, 2024

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १:०० बजे बस्ने भएको छ ।

पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन् ।