राजनीति

प्रधानमन्त्रीले थाले मन्त्री र सचिवसँग छलफल, मन्त्रालयको काम र समस्याबारे बुझ्दै

By खबरहब

July 28, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयबाट भइरहेका काम र समस्याबारे जानकारी लिएका छन् ।

आइतबार सिंहदरबारमा संघीय सरकारका मन्त्री र सचिवहरूसँग सामूहिक छलफल गर्दै मन्त्रालयबाट भइरहेका काम र समस्याबारे प्रधानमन्त्रीले जानकारी लिएका खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए।

त्यसक्रममा क्रममा सचिवहरूले आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएको यादवले बताएका छन् । उनले मन्त्रालयको आगामी रणनीतिबारे पनि प्रधानमन्त्रीले चासो देखाएको बताएका छन् ।

ब्रिफिङका आधारमा प्रधानमन्त्री ओलीले मंगलबार आवश्यक निर्देशन गर्ने कार्यक्रम रहेको मन्त्री यादवले सञ्चारकर्मीहरूलाई बताएका छन् ।