समाचार

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा छुटे

By खबरहब

July 28, 2024

काठमाडौं- निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी आइबार बयान दिन पुगेका थिए ।

थुनछेक बहसका क्रममा उनीसँग ५० हजार धरौटी मागिएको हो । उनी विशेषले मागेको ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर निलम्बित मुख्यसचिव अर्याल आइतबार बयानका लागि विशेष अदालतमा उपस्थित भए थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बयान दिन विशेष अदालतमा उपस्थित भएका उनलाई धरौटीमा छाडिएको हो ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासमा उनले बयान दिएसँगै धरौटीमा छाड्न आदेश भयो ।

अर्यालमाथि निजी क्षेत्रको अन्त:शुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरकारले सरुवा गरेर राखेको छ ।