समाचार

विशेषले राहत दिएपछि बैकुण्ठका पाँच तस्बिर

By खबरहब

July 28, 2024

काठमाडौं- निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको छ ।

आइतबार दिनभर चलेको बयानपछि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले अर्याललाई राहत हुने गरी आदेश दिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी आइबार बयान दिन पुगेका थिए । बयान दिएपछि विशेष अदालतमै बसेका अर्याल धरौटीको आदेश आएपछि मात्रै परिवारका सदस्यसहित बाहिरिए ।

उनी विशेषले मागेको ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । उनलाई पुर्पक्षका लागि थुनामा पठाउने या धरौटी लिएर छाड्ने निर्णयका क्रममा विशेषले राहत दिएको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर निलम्बित मुख्यसचिव अर्याल आइतबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका थिए ।