रविको कटाक्ष : सत्ता गठबन्धन बलियो छ, आगामी प्रधानमन्त्री देउवालाई बधाई

By खबरहब

July 28, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सत्ता गठबन्धनप्रति कटाक्ष गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल एक्समा लामिछानेले सरकारका पछिल्ला कदम र कांग्रेस महामन्त्रीको कुरा सुनेपछि कांग्रेस–एमाले गठबन्धन लामो समय टिक्नेमा आफू ढुक्क भएको उल्लेख गरेका छन् । साथै उनले कांग्रेस–एमालेको सम्झौता अनुसार २०८३ साल साउनमा शेरबहादुर देउवा बन्न लागेको भन्दै शुभकामना समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘सरकारका पछिल्ला कदम र कांग्रेस महामन्त्रीज्युको कुरा सुने पछि पुरै ढुक्क भैयो । यो गठबन्धन निकै बलियो हुनेछ।त्यसैले सम्झौताको बुँदा ४ अनुसार २०८३ साल साउनमा प्रधानमन्त्री बन्न लाग्नु भएका कांग्रेस सभापति शेर बहादुर देउवालाई हार्दिक बधाइ दिदै सफल कार्यकालको शुभकामना दिन चाहन्छु।