राजनीति

एकीकृत समाजवादीका यी चर्चित नेता पदाधिकारीमा पराजित (मतसहित)

By खबरहब

August 28, 2024

काठमाडौं– एकीकृत समाजवादीमा १७ पदाधिकारीका लागि मंगलबार भएको निर्वाचनमा केही चर्चित नेताहरु पराजित भएका छन् ।

आज बिहान सकिएको मतगणनाकाे अन्तिम मतपरिणाम अनुसार महिला उपाध्यक्षमा रामकुमारी झाँक्री जयन्तीदेवी राईसँग पराजित भएकी छिन् । राईले १८९ मत पाउँदा झाँक्रीलाई ११२ मत मात्रै प्राप्त भयो ।

यस्तै, खुला उपाध्यक्षमा विरोध खतिवडा र डा. विजयकुमार पौडेल पराजित भए । उनीहरुले क्रमशः १२७, १०७ मत प्राप्त गरे ।

उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९ मत), जगन्नाथ खतिवडा (१६१) र भानुभक्त जोशी (१५६) र प्रकाश ज्वाला (१३९) विजयी भए ।