राजनीति

टीआरसी विधेयक सभामुखबाट प्रमाणीकरण, राष्ट्रपति समक्ष पठाइयो

By खबरहब

August 28, 2024

काठमाडौं– सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएका छन् ।

सभामुख घिमिरेले बुधबार सो विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

उक्त विधेयक यसअघि नै संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेको छ ।

अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रूपमा लागू हुनेछ ।