राजनीति

उपमहासचिवमा पराजित जीवनरामले छाडे पार्टी कार्यालय सचिव पद

By खबरहब

August 28, 2024

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को उपमहासचिव पदमा पराजित भएपछि नेता जीवनराम श्रेष्ठले पार्टीको कार्यालय सचिवबाट राजीनामा दिएका छन् ।

श्रेष्ठले २०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । असारमा १६-२० मा भएको महाधिवेशनपछि सर्वसम्मत चयन ९३ सदस्यीय केन्द्रीय कमिटीले प्रज्ञा भवनबाट उनैलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो ।

तर उपमहासचिव पदमा पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएका छन् । महाधिवेशनमा विवेकभन्दा नेतृत्वको आदेश प्रयोग हुँदा आफू पराजित भएको गुनासो उनले गरेका छन् ।