समाचार

देवेन्द्र पौडेल भन्छन्- सरकारबाट बाहिरिएकोमा पीडा छैन, जनतामा जाने अवसर पायौँ 

By खबरहब

August 28, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पीडा नरहेको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले सरकारबाट बाहिरिएपछि जनतामा जाने र पार्टी बलियो बनाउने अवसर प्राप्त भएको भन्दै सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पीडा नरहेको बताएका हुन् ।

सत्तामा रहँदा माओवादी पार्टी फुट्ने वा जनताको मत घट्ने देखिएको उनले बताए । उनले जनताको पक्षका मुद्दा र एजेन्डा उठाउनका निम्ति प्राप्त अवसरलाई सदुपयोग गर्ने जिकिर गरे ।

उनले अहिलेको अवस्थामा नेपाली कांग्रेसले निष्पक्षतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।