अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव, एक पाकिस्तानी सैनिकको मृत्यु

By खबरहब

August 28, 2024

काठमाडौं – अफगानिस्तानको सीमा क्षेत्रमा भएको भीडन्तमा परी पाकिस्तानका एक जना सैनिकको मृत्यु भएको छ । पाकिस्तानको बलोचिस्तान राज्यस्थित नोक्शी जिल्लाको सीमा क्षेत्रमा सो भीडन्त भएको हो ।

अफगान फौजसँग भएको भीडन्तमा पाकिस्तानी सीमा बलका २७ वर्षीय सुवेदार तारिक इकबाल गम्भीर घाइते भएका थिए ।पेटमा गोली लागेका उनको पछि मृत्यु भएको बलोचिस्तान पोस्टले जनाएको छ ।

गजनली सुरक्षा चौकीनजिक क्षतिग्रस्त सीमा छेकबार मर्मत गर्न गएका पाकिस्तानी फौजमाथि अफगान पक्षबाट गोली प्रहार भएको जनाइएको छ । त्यसको एक घण्टासम्म दोहोरो भीडन्त भएको बलोचिस्तान पोस्टले जनाएको छ ।

पछि शवलाई उनको गृहनगर खैबर पख्तुनख्वा प्रान्तस्थित लक्की मरवत लगिएको थियो । पाकिस्तान र अफगानिस्तानबीच तनाव बढिरहेका बेला पछिल्लो घटनाभएको हो ।