अन्तर्राष्ट्रिय

पाकिस्तानबाट बहुराष्ट्रिय कम्पनी पलायन हुँदै

By खबरहब

August 28, 2024

काठमाडौं – पाकिस्तानबाट बहुराष्ट्रिय कम्पनीहरु पलायन हुन थालेको पाइएको छ । पाकिस्तान व्यापार परिषदले अरु धेरै बहुराष्ट्रिय कम्पनीहरु बाहिरिने योजनामा रहेको चेतावनी दिएको छ ।

अहिले धेरै पाकिस्तानी कम्पनीहरु दुबई तिर सर्न थालेका छन् । दुबई चेम्बर अफ कमर्शका अनुसार वर्ष सन् २०२४ को पहिलो६ महिनामा त्यहाँ ३ हजार ९ सय ६८ पाकिस्तानी कम्पनी दर्ताभएका छन् । जुन सन् २०२३ को सोही अवधिको तुलनामा १७प्रतिशत धेरै हो ।

यसलाई पाकिस्तान सरकारको आर्थिक नीतिप्रति घट्दोअविश्वासका रुपमा हेरिएको छ । पाकिस्तानमा व्यापार गर्नलागत बढ्नु, शान्ति सुरक्षाको अवस्था खराब बन्दै जानु, राजनीतिक अनिश्चितता, विद्युत महशुलको वृद्धि जस्ता कारण त्यहाँबाट कम्पनीहरु बाहिरिन थालेको व्यापार परिषदले जनाएको छ ।

यसबाट बेरोजगारी, निर्यात आयमा गिरावट रसमग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने परिषदको ठहर छ ।