समाचार

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

By खबरहब

September 28, 2024

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो १ बजे सिंहदरबार बस्ने गरि सर्वदली बैठक बोलाइएको सिंहको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अविरल वर्षापछिको बाढिपहिरोका कारण आएको विपतपछिको राहत, उद्दार र धनजनको क्षतिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

यसअघि सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेका थियो ।

लगातार तीनदेखि परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बाढी, पहिरो र डुबानबाट शनिबार साँझसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ ।