क्रिकेट

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

By खबरहब

September 28, 2024

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउदै १२३ रन बनाएको हो ।

क्यानडाका लागि साद बिन जफरले सर्बाधिक २३, श्रेयस मोभ्भाले २२, प्रवीन कुमारले १९, दिलप्रित बाज्वा र अखिल कुमारले १४–१४ र नवनीत धलिवालले १३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछाने र सोमपाल कामीले ३/३, रजिन ढकाल र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए ।