आर्थिक

समता घरेलु लघुवित्तको ‘एफपीओ’ आजदेखि खुला

By खबरहब

October 28, 2024

काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता एकसय रुपैयाँ अंकित तीन लाख ५० हजार ९०४.२५ कित्ता शेयर एफपीओ निष्कासन गर्न लागेको हो ।

एफपीओका लागि छिटोमा यही कात्तिक २० गतेसम्म र पर्याप्त आवेदन नपरे कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम एकहजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।