आर्थिक

एलजीका सामान खरिद गर्दा हात खाली नहुने क्यासब्याकसँगै किस्ताबन्दीको सुविधा

By खबरहब

October 28, 2024

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले लाइफ गुड्स (एलजी)का उत्पादनहरू खरिदमा हात खाली नहुने गरी ‘स्कीम’ ल्याएको छ । चाडपर्व लक्षित गरी कम्पनीले एलजीका उत्पादनहरूमा थुप्रै क्यासब्याक अफर र किस्ताबन्दीको सुविधा समेत सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार एलजी ब्रान्डका टीभी, फ्रिज, वासिङ मसिन र डिसवासरको खरिदमा उपभोक्ताले थुप्रै छुट सुविधा पाउनेछन् । सीजीसँग हाल ७ देखि २१ केजी क्षमताका विभिन्न वासिङ मसिन उपलब्ध छन् । वासिङ मसिनको न्यूनतम ७४ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको मूल्य पर्ने कम्पनीले जनाएको छ । क्षमताअनुसार वासिङ मेसिनको मूल्य फरक छ । उक्त वासिङ मेसिनको खरिदमा कम्पनीले हातै खाली नहुने गरी उपहारको व्यवस्था पनि गरेको छ ।

सीजीले ‘ड्रिम फर फेस्टिभ अफर’ अन्तर्गत अन द स्पट शून्य प्रतिशतमा इएमआई सुविधा दिएको छ । यसले ग्यारेन्टर नचाहिने, इमएआईमा कुनै शुल्क नलाग्ने, शून्य प्रतिशतको ब्याजदर, एकमुष्ट नगद नचाहिने, बेस्ट डिस्काउन्टमा इएमआई, क्रेडिट कार्ड चाहिनेसहितको सुविधामा किस्ताबन्दी दिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यो अफर आगामी छठ पर्वसम्म लागू गरेको जनाएको छ । सीजीले जगदबम्बा फाइनान्ससँग सहकार्यका गरी आम उपभोक्तालाई मासिक किस्ताबन्दीको सुविधा दिन थालेको छ । यस्तो किस्ताबन्दी सुविधा सबै वाणिज्य बैंकहरूबाट समेत पाइने छ ।

मासिक किस्ताबन्दीको सुविधा लिन ग्राहकले नजिकैको सीजी डिलरमा सम्पर्क गर्नुपर्ने छ । यस्तो सुविधा लिन नियमित आम्दानी भएका ग्राहकलाई बैंकको आवश्यकता अनुसार क्रेडिटकार्डको सुविधा लिनुपर्ने, सम्बन्धित ग्राहकको लागि एक जना साक्षीको रूपमा काठमाडौंको स्थायी बासिन्दा हुनुपर्ने सर्त छ ।

सर्त पूरा गरेर आउने उपभोक्ताले ३० प्रतिशतको डाउन पेमेन्टको सुविधा वा शून्य प्रतिशतको डाउन पेमेन्टमा एलजीका न्यूनतम २० हजारमाथिका सामानलाई मासिक किस्ताबन्दीको सुविधा प्रयोग गरेर लिन सक्ने छन् ।

त्यस्तैगरी, एलजीको सामानको अवस्था घर वा घरबाहिर भएको बेला समेत थाहा पाउन सकिनेछ । त्यसका लागि कम्पनीले एलजी थिङक्यू नामक एपमार्फत ग्राहकले सजिलै ती सामानहरूको अवस्था र चलाउने तरिकासमेत सिक्न सक्नेछन् ।

यसका तीन वटा क्याटागोरीको वासिङ मसिन प्रयोगमा छ । वासिन मसिनको क्याटागोरी र क्षमता अनुसारको मूल्य फरक फरक रहेको पनि कम्पनीले जनाएकाे छ । सिजीले १८ भदौदेखि चाडपर्व अफरको रूपमा छठसम्मलाई नगद छुटदेखि थप सामान र सेवा पाइने सुविधा दिएको छ । अफरले गर्दा सिजीका उत्पादनमा अन्य बेलाभन्दा अहिले ४० प्रतिशतभन्दा बढीले व्यापारमा वृद्धि भएको कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सका सामान बेच्ने सीजी इम्पेक्सका बिक्री महाप्रबन्धक पुरुषोत्तम भण्डारीले आम उपभोक्ताको जीवनमा केही परिवर्तन गर्न र सहजीकरण होस् भनेर कम्पनीले इलेकट्रोनिक सामानहरू उत्पादन गर्दै आएको बताए । उनका अनुसार, आम उपभोक्ताको फरक फरक आवश्यकता र मागअनुसार ती सामानहरू उत्पादन गर्दै आएको छ । उनका अनुसार, ४० वर्षदेखि एलजीका उत्पादनहरू आम उपभोक्ताले सर्वाधिक रुचाइरहेको कम्पनीको दाबी छ ।

यस्ता छन् एलजीका सामानहरू छुट र अफरसम्बन्धी जानकारी

अघिल्ला दशैं, तिहार र छठका बेला पनि कम्पनीले एलजीका इलेक्टोनिक उत्पादनको खरिदमा थुप्रै छुट र अफरहरू दिँदै आएको छ । यसपाली पनि कम्पनीले चाडपर्वका बेला विभिन्न सामानमा विभिन्न क्याटेगोरीमा छुट सुविधा, क्यासब्याक अफर र अन्य सुविधा उपलब्ध गराएको छ । एलजीको टीभी खरिद गर्ने ग्राहकहरूले ४० प्रतिशतसम्म क्यासब्याक पाइरहेका छन् । त्यस्तै, रेफ्रिजेरेटर खरिदमा क्यासब्याक, कुक्कर, हिटर, मिक्चर, भ्याकुम क्लिनरलगायतक वासिङ मेसिन किन्ने उपभोक्ताले क्यासब्याक पाउनेछन् ।

त्यस्तै, भ्याकुम क्लिनगर खरिद गर्ने ग्राहकलाइ क्यासब्याक र माइक्रो ओभन किन्ने ग्राहकले घरमा लग्ने बित्तिकै माइक्रो ओभनभित्र किट र भित्र राखेर पकाउने मिल्ने भाँडाहरू समेत पाउन सकिन्छ ।

एलजी ब्रान्डका वासिङ मेसिन, टीभी, फ्रिजहरु आम उपभोक्ताले अत्याधिक रुचाइका छन् । एलजीका उत्पादनहरू देशका सबै सहरहरुमा पाउन सकिन्छ । आम उपभोक्ताले कम्पनीको आफ्नै अनलाईनबाट समेत इलेक्ट्रिक सामान अर्डर गर्न सक्नेछन् ।

त्यस्तै, कम्पनीको आधिकारिक बिक्री कम्पनीहरूबाट समेत ती सामान किन्न सक्नेछन् । कम्पनीका आधिकारिक डिलरहरूबाट समेत ती वस्तुहरू आम उपभोक्ताले खरिद गर्न सक्ने कम्पनीको दाबी छ । देशभर ६०० भन्दा बढी कम्पनीका स्टोरहरू रहेका छन् । एलजीका अधिकांश इलेक्ट्रिक उत्पादनहरू कोरियामा बनेका छन् भने कतिपय नेपालमै उत्पादन गरी बजारमा ल्याइसकेको कम्पनीले जनाएको छ ।