तस्बिर : एजेन्सी

खेलकुद

आईपीएल टोली लखनउले केएल राहुललाई बेच्ने

By खबरहब

October 28, 2024

काठमाडौं– आईपीएल टिम लखनउ सुपर जाइन्टले आफ्ना कप्तान केएल राहुललाई बेच्ने भएको छ ।

२०२२ देखि आईपीएल खेलिरहेको लखनउका उनी शुरुदेखि नै कप्तान थिए ।

आईपीएलको खेलाडी रिटेन गर्ने समय अक्टोबर ३१ नजिक आउँदै गर्दा लखनउले निकोलस पुरन, मयंक यादव, रवि बिश्नोईसहित अनक्याप्ड खेलाडी मोहसिन खान र आयुष बदोनीलाई रिटेन गर्ने भएको छ ।

मिडिया रिपोर्टका अनुसार अन्तिम समयमा लखनउले रणनीति परिणत गरेमा अक्सनमा राहुललाई राइट टू म्याच कार्डबाट लिने बताइएको छ ।

लखनउको पाँच खेलाडीलाई रिटेन गर्दा करिब ५१ करोड घट्ने भएको छ । आईपीएलको महाअक्सनमा हरेक टिमलाई १२० करोडको पर्स दिइएको छ । -न्युजकारखानाबाट साभार