आर्थिक

टीसीएल ब्रान्डका सामान किन्दा सीएमएफ फोन जित्न सकिने

By खबरहब

October 28, 2024

काठमाडौं– चौधरी ग्रुपको आधिकारिक बिक्रेता रहेको अन्तर्राष्ट्रिय ब्रान्ड टीसीएल र गोदरेज ब्रान्डका सामान खरिद गर्दा एक जनाले सीएमएफ फोन जित्ने भएका छन् । टीसीएल ब्रान्डका इलेकट्रोनिक्स सामानहरू खरिद गर्नेले ‘लक्की ड्र’ का माध्यमबाट ५ सीएमएस फोन–१ जित्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उपभोक्ताले टीसीएल ब्रान्डको ९८ रेन्जको टिभीसहित विद्युतीय उपकरण किन्ने ग्राहकमध्येबाट एक जनाले सीएमएस फोन–१ जित्न सक्नेछन् ।

सीजी इलेक्ट्रोनिक्सका अनुसार, टीसीएल ब्रान्डका उत्पादनहरू खरिद गर्दा एक थान सीएमएस फोन १ र १ लाख ६३ हजार ५०० रुपैयाँ बराबरको क्यासब्याक पाउन सक्नेछन् । टीसीएल ब्रान्ड ग्लोबलमा टप १ गुगल टीभी कम्पनी हो ।

टीसीएल ब्रान्डका उत्पादन खरिद गर्दा उपभोक्ताले छठसम्म यो योजना लागू गरेको छ । भाद्र २३ गतेदेखि चाडपर्व लक्षित योजना अन्तर्गत ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ भन्ने नाराका साथ कम्पनीले विभिन्न विद्युतीय उपकरणको खरिदमा सीएमएस फोन–१, क्यासब्याक, १० वर्षे वारेन्टी, जडान, एक्स एक्सचेन्ज एन्ड इएमआइलगायतका सुविधा कम्पनीले उपलब्ध गराएको छ ।

टीसीएल ब्रान्डमा सीजीले एलइडी टीभी विभिन्न मोडेल र मूल्यमा बिक्री गरिरहेको छ । एलइडी टीभी ३२ रेन्जदेखि ९८ रेन्जसम्मका विभिन्न मूल्यमा उपलब्ध छन् । नर्मल, स्मार्ट, यूएचडी, क्यूएलइडी, क्यूडी–मिनी एलइडीको मूल्य २६ हजार ८९० देखि ८ लाख १२ हजार ४९० रुपैयाँसम्म पर्नेछ ।

टीसीएल ब्रान्डकै साउन्ड बारको खरिद गर्दा १२ हजार २९० देखि १९ हजार ७९० रुपैयाँ मूल्य पर्नेछ ।  विभिन्न ब्रान्डका एयर कन्डिस्नरहरु कम्पनीले ५५ हजार ९९० देखि २ लाख ४५ हजार ९९० रुपैयाँसम्म मूल्यमा बिक्री गरिरहेको छ । सोही ब्रान्डका वाटर डिस्पेन्सरहरु पनि विभिन्न मोडेलमा फरक फरक मूल्यमा उपलब्ध छन् । जसको मूल्य ४ हजार ९९० देखि १६ हजार ९९० रुपैयाँसम्म पर्नेछ ।

टीसीएल ब्रान्डकै रेफ्रिजेरेटरको खरिदमा पनि आम ग्राहकले भारी छुट पाउने कम्पनीको दाबी छ । मल्टी डोर रेफ्रिजेरेटरको खरिदमा उपभोक्ताले ३० हजार १०० रुपैयाँ क्यासब्याक पाउनेछन् । जसको मूल्य १ लाख १३ हजार ५९० रुपैयाँ पर्नेछ । साइड बाइ साइट रेफ्रिजेरेटरको मूल्य १ लाख ४ हजार २९० रुपैयाँ पर्नेछ ।  जसमा २७ हजार ६०० रुपैयाँ छुट दिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, सीजीको फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा उपभोक्ताले १५ हजार ७०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । ८ केजी देखि १० केजीसम्म क्षमताका वासिङ मेसिनको मूल्य ५२ हजार ४९० देखि ६९ हजार ७९० रुपैयाँसम्म पर्ने कम्पनीको दाबी छ ।

टीसीएल ब्रान्डको टीभी, एसी, वासिङ मेसिनका उपलब्ध छन् ।