आर्थिक

गोदरेजले ल्यायो चाडपर्व अफर, सामान किन्दा क्यासब्याक र उपहार

By खबरहब

October 28, 2024

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत गोदरेजले ‘गोदरेज ब्रान्ड’का सामान किन्दा उपभोक्ताले रियल क्यासब्याक ३१ हजार ५०० रुपैयाँ, अन्य सुविधाहरु दश वर्षे वारेन्टी, जडान र एक्सचेन्ज पाउने अफर ल्याएको छ  ।

कम्पनीका अनुसार यो अफर छठ पर्वसम्म लागू हुनेछ । गोदरेजका सामान सीजी इलेकट्रोनिक्समार्फत खरिद गर्न सकिने छ ।

कम्पनीका अनुसार गोदरेज ब्रान्डको साइट बाइ साइट रेफ्रिजेरेटरको खरिदमा ३१ हजार ५०० र २९ हजार ३०० रुपैयाँ क्यासब्याक पाउन सकिनेछ । जसको मूल्य क्रमशः १ लाख १८ हजार ४९० र १ लाख १० हजार ६९० रुपैयाँ पर्छ ।

‘फेस्टिभलको सिजन’ मा गोदरेज ब्रान्डका घरायशी विद्युत्तीय उपकरणहरु क्यासब्याक र अफरसहित यो योजना लागू गरिएको सीजी इलेक्ट्रोनिक्सका गोदरेज ब्रान्डका सेल्स म्यानेजर बिष्णु ज्ञवाली बताउँछन्  ।

‘उत्पादको गुणस्तर र मूल्य हेरेर सामान खरिद गर्ने हुँदा नेपाली उपभोक्ताका लागि एफटेबल मूल्यमा बिक्री गरिरहेको बताए । उनका अनुसार, चाडपर्वलक्षित योजना भएकाले पनि नर्मल समयभन्दा अहिले गोदरेज ब्रान्डका उत्पादनको बिक्री राम्रो भएको हो । गोदरेज ब्रान्डका खासगरी फ्रिज र वासिङ मेसिन उपलब्ध छन् ।