खेलकुद

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री स्थगित

By खबरहब

October 28, 2024

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्री बन्द गरेको छ ।

एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले यस् विषयमा अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्रि बन्द गरेको जानकारी दिएको छ ।

एन्फाले टिकट बिक्रि बन्द रहेकाले कसैसँग टिकट खरिद नगर्न समेत आग्रह गरेको छ ।