समाचार

कात्तिक १५ देखि १९ सम्म सर्वोच्च अदालत बन्द रहने

By खबरहब

October 28, 2024

काठमाडौं – तिहारको अवसरमा कात्तिक १५ देखि १९ गतेसम्म बन्द हुने भएको छ । सोमबार सर्वोच्चको प्रशासन शाखाले एक सूचना जारी गर्दै अदालत बन्द हुने जानकारी दिएको हो ।

अदालत बन्द भएपनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेकका दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुने सुचामा उल्लेख छ।

त्यसका लागि सुनुवाइ बिहान १२ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ ।