क्रिकेट

पीएम कप क्रिकेट : आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

By खबरहब

January 29, 2024

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछ । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिम र आर्मीबीचको खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने छ । जारी प्रतियोगितामा ६ खेल खेलेको सुदूरपश्चिम ८ अंकका साथ पाँचौँ स्थानमा छ । ७ खेल खेलेको आर्मी १० अंक जोडेर चौथो स्थानमा छ ।

यस्तै, गण्डकी र नेपाल पुलिसबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

प्रतियोगितामा ७ खेलबाट ४ अंक जोडेको गण्डकी आठौँ स्थानमा छ । नेपाल पुलिस ६ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा छ ।

प्रतियोगितामा सात प्रदेशसहित १० टोली सहभागी छन् ।