खेलकुद

 स्पेनिस ला लिगा : जिरोना शीर्षस्थानमा

By खबरहब

January 29, 2024

काठमाडौँ– स्पेनिस ला लिगामा जिरोना शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेल्टा भिगोलाई १–० गोलले हराउँदै अंक तालिकाको शीर्षस्थान उक्लिएको छ ।

जिरोनाका पोर्टुले एक गोल गरेका थिए । उनले खेलको २०औँ मिनेटमा गरेको गोल नै जिरोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै जिरोनाले २२ खेलबाट ५५ अंक जोडेको छ । यो दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५४ अंक छ । पराजित भएको सेल्टा भिगो १६औँ स्थानमा छ ।