अन्तर्राष्ट्रिय

एउटा अनौठो मृत्युदण्ड

By मनोज घिमिरे

January 29, 2024

अमेरिकामा नाइट्रोजन ग्यासको प्रयोगबाट मानिसलाई मृत्युदण्ड दिइने नयाँ प्रविधिको अवलम्बन गरिएको छ। यो प्रविधि मानव कानुनका रूपमा विवाद मुक्त भने हुन सकेन। ५८ वर्षीय केनेथ स्मिथलाई बिहीबार साँझ मृत्युदण्ड दिइएको हो। मृत्यु दण्डको प्रक्रिया २२ मिनेट लामो रहेको सो समयमा मास्कबाट अक्सिजन दिइने स्थानमा नै नाइट्रोजन दिइएको हो। स्मिथका साथीले यसलाई धार्मिक रूपले अत्यन्त निन्दनीय भएको प्रतिक्रिया दिएका छन्।

यो निर्णय शैलीका बारे एउटा नयाँ बहसको सुरुवात समेत भएको छ। स्मिथलाई गिनी पिगको जस्तो गरी मारिएको उनका साथीले बताएका छन्। औद्योगिक स्टाइलमा तयार गरिएको नाइट्रोजनलाई अक्सिजन प्रयोग गर्ने मास्कमार्फत शरीरमा दिएर मार्ने यो साँच्चै बिभत्स थियो। उनलाई मर्ने दिन बिहान १० बजे खाना दिइएको थियो भने बेलुका चार बजेपछि त पानीसमेत दिइएको थिएन। मृत्युको अघिल्लो दिनसम्म दिनको एक पटक खाना दिने चलन भए पनि वान्त गर्ने सम्भावनालाई ध्यानमा राख्दै त्यस दिन खान नदिइएको हो।

यो निर्णय शैलीका बारे एउटा नयाँ बहसको सुरुवात भएको छ। स्मिथलाई गिनी पिगको जस्तो गरी मारिएको उनका साथीले बताएका छन्।

सन् १९८८ मा ४५ वर्षीय पास्चरकी श्रीमती एलिजाबेथ सेनेटको कल्बर्ट काउन्टीमा भएको हत्याको आरोप पुष्टिसँगै उनलाई यो सजाय सुनाइएको हो। सन् २०२२ मा एक पटक उनलाई घातक सुइँ दिएर मृत्युदण्ड दिइने प्रयास पनि असफल भएको थियो। त्यस पटकको असफलतापछि स्मिथमा मानसिक समस्या सुरु भएको थियो। वान्त आउला जस्तो हुने र असहज हुने समस्याको उनले बारम्बार सामना गरेका थिए।

केटाकेटीदेखि नै आफूले चाहेको समयमा वान्त गर्नसक्ने खुबी भएका स्मिथका लागि नाइट्रोजन ग्याँस दिँदा फेरि वान्त भएमा यसले जीवन उद्धार गर्न सक्थ्यो। यस कारण उनलाई बिहानदेखि केही पनि खान नदिइएको हो। मृत्युदण्डको दिन त्यो स्थानमा खटाइएका व्यक्तिले दिएको खाने कुरा मात्र दिने गरिन्छ। बाह्य व्यक्तिलाई प्रवेश दिइँदैन भने मारिने व्यक्तिको परिवारलाई पनि त्यस दिन खान ल्याउन छुट दिइँदैन।

स्मिथको मृत्युपछि मृत्युदण्ड दिइने नयाँ शैलीको बारे पनि बहस सुरु भएको छ। अहिले धार्मिक समुदाय र कानुन विज्ञको बिचमा यस विकल्पका बारे छलफल गरिराखेका छन् ।

सन् २०२२ को नोभेम्बरमा भएको घटना नै अस्वभाविक मानिएको छ। लिथल इन्जेक्सन दिइने भनिएका उनको हातमा नसा नै भेटिएको थिएन। यसरी मृत्युदण्डको प्रयास नै असफल हुने घटना बिरलै हो। यस कारण स्मिथका कानुन व्यवसायीले उनले छुटकारा पाउनुपर्ने आवाज उठाएका थिए।

स्मिथको मृत्युपछि मृत्युदण्ड दिइने नयाँ शैलीको बारे पनि बहस सुरु भएको छ। अहिले धार्मिक समुदाय र कानुन विज्ञको बिचमा यस विकल्पका बारे छलफल गरिराखेका छन् । 

मृत्युदण्डपछि विभिन्न किसिमको प्रतिक्रिया बाहिर आउन थालेका छन्। सो समयमा स्मिथबाट मारिएकी एलिजाबेथ सेनेटका छोरा माइक सेनेटले बल्ल आफ्नी आमाले न्याय पाएको प्रतिक्रिया दिएका छन्। स्मिथले ३६ वर्षअघि गरेको केही गलत निर्णयको सजाय अहिले पाएमा हुन्।

एउटा घटनालाई छाड्ने हो भने स्मिथ मिलनसार सहयोगी स्वभावका व्यक्तिको रूपमा परिचित थिए। साथै उनी अध्ययनशील थिए।

स्मिथका वकिलले सङ्घीय अदालत र राज्य स्तरको अदालतमा मृत्युदण्डको निर्णय रोक्न गरेको अपिललाई खारेज गरिएको थियो। सुरुमा सङ्घीय अदालतले निर्णय गरेपछि यसलाई निरन्तरता दिँदै राज्यस्तरमा निर्णय भए पनि स्मिथ अन्त्यमा मृत्युवरण गर्न बाध्य भए।

यसरी नाइट्रोजन ग्यासलाई प्रयोग गर्ने अनुमति सन् २०१८ मा नै दिइएको हो। अक्सिजन हुने स्थानमा पुरै नाइट्रोजन हुने तर्कसहित यसलाई स्वीकार गरिएको हो। प्राय आत्महत्या तथा दुर्घटनामा पनि नाइट्रोजनका कारण मानिसको ज्यान गएको छ। यसले कुनै पीडा नभई मानिसले ज्यान गुमाउन पनि सक्छन्।

गैर नाफामूलक गैर सरकारी संस्था इक्वेल जस्टिस इनप्सेटिभका प्रमुखले भने यसको विरुद्धमा आवाज उठाएका छन्। उनले पनि एक पटक मृत्युदण्डको निर्णय कार्यान्वयन नभएपछि छुट पाउनुपर्ने आवाज उठाएका हुन्। साथै उनले दोस्रो पटकको प्रयास गलत भएको धारणा राखे।

मृत्युदण्डपछि विभिन्न किसिमको प्रतिक्रिया बाहिर आउन थालेका छन्। सो समयमा स्मिथबाट मारिएकी एलिजाबेथ सेनेटका छोरा माइक सेनेटले बल्ल आफ्नी आमाले न्याय पाएको प्रतिक्रिया दिएका छन्।

पास्चरसमेत रहेका श्रीमान् चार्ल सिनेटले श्रीमतीसँग इन्सुरेन्स विवादपछि स्मिथसहित तीन जनालाई आफ्नी श्रीमती हत्या गर्न एक हजार डलर दिएका थिए। यो योजना मार्च १९८८ म बनेको थियो। त्यसको एक सातापछि र्चालस सिनेटले पनि आत्महत्या हत्या गरे। त्यहाँ एउटा भिसिआर टेप पनि त्यसैको आधार र अन्य धेरै प्रमाणको आधारमा उनलाई दोषी ठहर गरिएको हो। स्मिथको घटना त अझ अचम्मको नै छ।

पहिलो पटक उनलाई मृत्युदण्ड सुनाइए पनि फेरि उनले पुनरावेदन गरेपछि आजीवन काराबासमा परिणत भएको थियो। यसमा मृतकका परिवारका चित्त नबुझेपछि अर्को चरणमा फेरि निवेदन परेको थियो। सो निवेदन परेपछि फेरि मृत्यु दण्डको फैसला भएको थियो। इन्जेक्सनबाट मृत्युदण्ड दिइने निर्णयमा उनी बाँचेपछि अर्को पटकको फैसलाको बारे बारम्बार बहस भएको हो। यो घटना संसारकै कानुन क्षेत्रमा समेत नयाँ बहसको विषय बन्न सक्नेछ। यो नयाँ नजिर बन्ने खतरासमेत देखिन्छ।

स्रोत : सीएनएन, द इन्डीपेन्डेन्ट, द गार्जीयन