आर्थिक

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

By खबरहब

January 29, 2024

काठमाडौं–  माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवर्द्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ ।

उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरेको हो ।

बैंकका अनुसार एसएक्ससी स्यान्डबक्स एक आइटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधि सम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ ।

बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभिन्न आन्तरिक तथा ग्राहकमुखी इनाेभेसन सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्ने बैंकले जनाएको छ  ।

 बैंकले आइटी विषय लिई अध्ययनरत विद्यार्थीलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भूमिका खेल्न मद्दत गर्ने विश्वास लिएको छ ।