अपराध

अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा एक जना पक्राउ

By खबरहब

January 29, 2024

काठमाडौं– अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा एक जना पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीय सरस्वती खड्का रहेकी छन् ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी  विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।

उनी उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।