मनोरञ्जन

‘बिग बोस–१७’ को विजेत बने मुनव्वर फारुकी

By खबरहब

January 29, 2024

काठमाडौं– मुनव्वर फारुकी ‘बिग बोस–१७’ को विजेता बनेका छन् ।

आइतबार राति भएको फाइनलमा अभिषेक कुमारलाई पछि पार्दै उनी विजेता बनेका हुन् । मुनव्वरले पुरस्कार बापत ५० लाख भारु र एउटा क्रेटा कार उनी पाएका छन् ।

३२ वर्षीय मुनव्वर कमेडियन, र्‍यापर तथा गायकसमेत हुन् ।

त्यस्तै, मन्नरा चोपडा सेकेन्ड रनरअप, अंकिता लोखन्डे थर्ड रनरअप र अरुण माशेट्टी फोर्थ रनरअप भए ।

फाइनलमा सुनील शेट्टी, मादुरी दिक्षित, भारती सिंहलगायतका कलाकारको उपस्थिति थियो ।

बलिउड नायक सलमान खानले होस्ट गर्ने टेलिभिजन कार्यक्रम ‘बिग बोस’ धेरै विवादित र चर्चित कार्यक्रम हो ।