खेलकुद

रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा मनाङ र जावलाखेल भिड्दै

By खबरहब

January 29, 2024

कास्की – २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा आज मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब भिड्दै छन् ।

खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा शुरु हुनेछ । जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो ।

मनाङ सिधै बाइ पाएर अन्तिम ८ मा पुगेको हो । माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।