खेलकुद

यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

By खबरहब

January 29, 2024

काठमाडौं– बंगलादेशमा हुने यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । 

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगायत पदाधिकारीले नेपाली टोलीको बिदाई गरेका हुन् । फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।

राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । एन्फाका अध्यक्ष नेम्बाङले नेपाली टिमले बंगलादेशमा राम्रो नतिजा ल्याउने विश्वास गरे । 

प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरूले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाइ छ । 

नेपालले पहिलो खेल फेब्रुअरी २ मा बंगलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ ।