समाचार

कांग्रेस अभियानमा भुईमान्छेका कुरा सुनिन्छ : डा. पोखरेल

By खबरहब

January 29, 2024

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले कांग्रेसले शुरु गरेको समुदायमा कांग्रेस अभियानमा भुईमान्छेका कुरा सुनिने बताएका छन् ।

सोमबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले यो अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताएका हुन् ।

गाउँगाउँमा पुगेर आम नागरिकको धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाई छ । वीपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएको भन्दै उनले अहिलेको परिवेश अनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने बताए ।

बसाई सराई, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञान, लगायतका कारण परिवेश फेरिएको भन्दै उनले सोही अनुसार अघि बढ्न अभियान गरिएको बताए ।

गाउँगाउँमा नागरिकसँगै पेशाकर्मीहरुसँग छलफल गरेर पार्टीले धारणा बनाउन अभियान शुरु गरिएको उनले बताए ।